• Monday 5th of October 2026

पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक जना घाइते


  • धनकुटा खबर
  • .

कञ्चनपुर । बेदकोट नगरपालिका–६ सिसैयास्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

सोमबार बिहान करिब ८ः१५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से ३ प ५२७४ नम्बरको मोटरसाइकलले डडेल्धुराको अजयमेरु गाउँपालिका–५ का २१ वर्षीय यज्ञ ठगुन्नालाई ठक्कर दिएको थियो। दुर्घटनामा ठगुन्नाको टाउकोमा सामान्य चोट लागेको र स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार कञ्चनपुरको बेदकोट नगरपालिका–९ का अन्दाजी ६० वर्षीय गौरसिंह महरा गम्भीर घाइते भएका थिए। उनलाई महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा सामान्य उपचारपछि थप उपचारका लागि नगढीस्थित टेक केयर अस्पताल प्रालिमा पठाइएको थियो।

महराको उपचारका क्रममा सोमबार बिहान करिब १०ः४० बजे मृत्यु भएको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖