• Monday 5th of October 2026

सिमरा घटनाका आरोपीको भिडियो सामाजिक सञ्जालमा, प्रहरीले थाल्यो छानबिन


  • धनकुटा खबर
  • .

काठमाडौँ । बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कार र हत्यामा संलग्न आरोपीको भिडियो सामाजिक सञ्जालमा छताछुल्ल भएको छ ।

बालिकाको बलात्कार र हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले घटनाबारे बोलेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिएको हो।

अनुसन्धानको क्रममा भएको विषय र आरोपीको भनाई सार्वजनिक भएसँगै प्रहरीको अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठेको छ । सामाजिक सञ्जालमा अपलोड गरिएको भिडियोमा आरोपी किशोरले घटनाको योजना कसरी बन्यो र कसरी बलात्कारपछि हत्या गरिएको थियो भन्नेबारे खुलाएका छन् ।

उनले आफू र जितपुर सिमरा उपमहानगरपालिका घर भएका प्रदीप खड्का मिलेर बालिकालाई पहिले बलात्कार र त्यसपछि हत्या गरेको खुलाएका छन् । त्यसरी अनुसन्धानको विषय बाहिर आएपछि जिल्ला प्रहरी कार्यालय बाराले घटनाबारे छानबिन थालेको जानकारी दिएको छ ।

बाराका एसपी नरेन्द्र कुँवरले भिडियो कसरी बाहिरियो भन्नेबारे छानबिन सुरु गरिएको बताए । उनले भने, ‘अस्पतालमा चिकित्सकहरूले सोधपुछ गरेको भिडियो लिक भएको छ, त्यसबारे हामीले छानबिन सुरु गरेका छौँ ।’

जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीन बहादुर घले नेतृत्वको टिमले त्यसबारे छानबिन सुरु गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖