• Monday 5th of October 2026

गेस्ट हाउसबाट युवतीको शव झु’ण्डिएको अवस्थामा फेला


  • धनकुटा खबर
  • .

सुभाष कायस्थ/जनकपुरधाम, ९ भदौ । जनकपुरधाम उपमहानगरपालिका स्थित एक गेस्ट हाउसबाट युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । 

 

जनकपुरधाम उपमहानगरपालिका ६, नमस्कार चौक नजिक रहेको न्यू राजधानी गेष्ट हाउसको एक कोठामा एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्याल धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार मृत फेला परेकी युवतीको नाम खुलेको छैन । तर उनी खोटाङको हलेसी निवासी रहेको छ । काठमाडौँ बस्दै आएका युवतीका आफन्तलाई जानकारी गराई सकिएको छ, विस्तृत विवरण तिनीहरु आएपछि खुल्ने उनले बताए ।

 

डिएसपी खनालले भने ‘कोठाको ढोका भित्रैबाट बन्द रहेकाले अहिले खोल्या छैनाै, मृतकको आफन्त आएपछि कोठाको ढोका खोलिनेछ त्यसबाट थप कुरा बाहिर आउनेछ ।’

 

होटलको रेकर्ड अनुसार ती युवती एक युवकसँग तीन चार दिन देखिसँगै बस्दै आएका थिए । प्रत्यक्षदर्शी र होटल कर्मचारीको पहिचानको आधारमा युवतीसँगै बस्दै आएका सिरहा निवासी ती युवकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको डिएसपी खनालले बताएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖