काठमाडौँ । मुद्दामा पराजित भएपछि एक व्यक्तिले सर्वोच्च अदालतको भवनबाट हामफाल्ने प्रयास गरेका छन्। सुरक्षाकर्मीले उनलाई समयमै उद्धार गर्न सफल भएका छन्।
प्रहरीका अनुसार ती व्यक्ति लालबहादुर राई हुन्। उनले सोमबार ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला भएपछि मंगलबार सर्वोच्च अदालतको भवनको पाँचौँ तल्लामा पुगेर हामफाल्ने प्रयास गरेका थिए।
राईले ‘सर्वोच्च अदालतले आफूलाई हराएको’ उल्लेख गर्दै सुसाइड नोटसमेत लेखेको बताइएको छ।
उनलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरी हाल सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारको कार्यालयमा लगिएको प्रहरीले जनाएको छ।
