• Monday 5th of October 2026

आफ्नै ६ वर्षकी छोरीमाथि बलात्कार गर्न खोज्ने ७२ वर्षीय बृद्ध पक्राउ


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीमा छोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिकाका ७२ वर्षीय पुरुष रहेका छन् ।

उनले आफ्नै ६ वर्षीया नाबालिका छोरीमाथि जबरजस्ती करणीको प्रयास गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालयले बुधबार साँझ पक्राउ गरिएको जनाएको छ ।

ती व्यक्तिलाई भारततर्फ भागिरहेको अवस्थामा त्रिनगर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । आफ्नै छोरीमाथि जबरजस्ती करणीको प्रयास गरेको कुरा सार्वजनिक भएपछि उनी फरार थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖