• Monday 5th of October 2026

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ ।

हिमालयन रिकी सीईओ ३९ वर्षीया उपासना पौडेललाई बिहीबार बबरमहलबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए ।

बीमा ऐन २०७९ अनुसारको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको एसएसपी जबराले जानकारी दिए ।

पौडेल काठमाडौंको दक्षिणकाली नगरपालिका–३ मा बस्दै आएकी थिइन् । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖