• Monday 5th of October 2026

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदीको मूल्य भने यथावत रहेको छ।

महासंघका अनुसार चाँदी आज पनि अघिल्लो दिनकै मूल्य अर्थात् प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖