• Monday 5th of October 2026

भोटेकोशी बाढीबाट नेपाली सेनाले गर्यो एक बालकको उद्धार


  • धनकुटा खबर
  • .

काठमाडौ । भोटेकोशी बाढीबाट नेपाली सेनाले एक बालकको उद्धार गरेको छ।

हिजो साँझ बेत्रावती क्षेत्रबाट नेपाली सेनाले एक बालकलाई सकुशल उद्धार गरेको हो।

उद्धार गरिएका बालक बेत्रावतीस्थित विद्यालयमा अध्ययनरत रहेको बताइएको छ।

तर, बालकले आफ्नो नाम र परिवारबारे स्पष्ट जानकारी दिन सकिरहेका छैनन्। नेपाली सेनाले उनका परिवार तथा आफन्तको खोजी गरिरहेको भए पनि अहिलेसम्म परिवारसँग सम्पर्क हुन सकेको छैन।

बालकलाई चिन्ने वा उनको परिवारबारे जानकारी हुने जो–कोहीले सम्बन्धित निकाय वा नेपाली सेनालाई जानकारी गराइदिनुहुन अनुरोध छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖