• Monday 5th of October 2026

भोटेकोशी बाढीमा बेपत्ता असई पौडेलको शव चितवनमा भेटियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । रसुवास्थित प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेलको शव चितवनमा फेला परेको छ।

तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेर बेपत्ता भएका पौडेलको शव चितवनमा भेटिएको हो। नुवाकोट घर भएका ४३ वर्षीय पौडेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवले जानकारी दिए।

शवको जिल्ला अस्पताल चितवनमा पोस्टमार्टम गरिएपछि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

यसैबीच, चितवनमा फेला परेको अर्को एक शवको पनि सनाखत भएको छ। बाँकेको कोहलपुर नगरपालिका–११ घर भएका २३ वर्षीय कविलाल चौधरीको शव भएको पुष्टि भएको हो।

चौधरीको शव पनि आवश्यक प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाइएको डीएसपी यादवले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖