गुल्मी । रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा अध्यागमन अधिकृतका रूपमा कार्यरत यादव भण्डारीको भोटेकोशी बाढीमा परी निधन भएको छ।
गुल्मीको सत्यवती गाउँपालिकामा यसअघि प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत भण्डारी बाढीमा परी बेपत्ता भएका थिए। लामो खोजीपछि उनको शव नवलपरासीमा फेला परेको हो।
गुल्मीबाट बसाइँसराइ गरी नवलपरासीको सुस्ता गाउँपालिका–१ मा बस्दै आएका ३७ वर्षीय भण्डारी कर्तव्यनिष्ठ र कर्मठ राष्ट्रसेवकका रूपमा परिचित थिए।
कार्यरत रहेकै अवस्थामा आएको बाढीमा परी बेपत्ता भएका भण्डारीको शव पोखरा ल्याइएको थियो। पोखरामा उनका दाजु चुडामणिले शवको पहिचान गरेका हुन्।
