• Monday 5th of October 2026

नारायणी अस्पतालबाट एकदिने नवजात शिशु चोरी


  • धनकुटा खबर
  • .

पर्सा । वीरगन्जस्थित नारायणी अस्पतालबाट एकदिने नवजात शिशु चोरी भएको छ।

आइतबार राति परिचय नखुलेकी करिब ३५ वर्षीया महिलाले बच्चा खेलाउने बहानामा हजुरआमासँग शिशु मागेर अस्पतालबाट लिएर फरार भएको पर्सा प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार ती महिलाले शिशुको हजुरआमासँग ‘बच्चा खेलाउँछु’ भन्दै मागेकी थिइन्। त्यसपछि झुक्याएर नवजात शिशु लिएर उनी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वा निवासी रिन्कु देवीले शनिबार राति करिब ११ बजे शल्यक्रियामार्फत बालकलाई जन्म दिएकी थिइन्।

घटना थाहा पाएलगत्तै प्रहरीले नवजात शिशुको खोजी तीव्र पारेको छ। फरार महिलाको पहिचान तथा शिशुको अवस्था पत्ता लगाउन प्रहरीले अस्पताल तथा आसपासका क्षेत्रमा खोजतलास गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖