• Monday 5th of October 2026

पश्चिम नवलपरासीमा चल्यो गोली


  • धनकुटा खबर
  • .

काठमाडौँ। पश्चिम नवलपरासी स्थित रामग्राम नगरपालिकामा प्रहरीले गोली चलाएको छ ।

लागुऔषध नियन्त्रण ब्यूराेबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको हो ।

ब्यूरोको भैरहवा शाखाबाट खटिएको प्रहरीले टोलीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूको विवरण सार्वजनिक गरिएको छैन ।

भारतीय लागुऔषध कारोबारीहरूलाई नियन्त्रणमा लिने क्रममा ४ राउण्ड फायर गरिएको लागुऔषध नियन्त्रण ब्यूरका एक जना अधिकृतलेबताए ।

ब्यूरो स्रोतका अनुसार प्रहरीले १५८ ग्राम लागुऔषध खैरो हेरोइन बरामद गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖