• Monday 5th of October 2026

आज ह्वात्तै बढ्यो सुनको मूल्य,कति पुग्यो तोलामा ?


  • धनकुटा खबर
  • .

काठमाडौ । गएका पाँच दिनमा तोलामा २४ हजार ८ सय रुपैयाँ घटेको सुनको भाउ आज फेरि व्यापक मात्रामा बढेको छ।

सुनको मूल्य आज तोलामा ७ हजार रुपैयाँ बढेर ३ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको भाउ हिजो तोलामा ८ हजार ८ सय रुपैयाँ घटेर २ लाख ९७ हजार ३ सयमा झरेको थियो।

त्यसअघि मंगलबार सुनको भाउ तोलामा ५ सय, सोमबार २ हजार ४ सय र आइतबार ९ हजार ५ सय रुपैयाँ घटेको थियो।

गएको शुक्रबार पनि सुनको भाउ तोलामा २ हजार ४ सय र बिहीबार १ हजार २ सय रुपैयाँ घटेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १ सय ४५ रुपैयाँ बढेर ४ हजार ७ सय २५ रुपैयाँ पुगेको छ।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖