• Monday 5th of October 2026

त्रिशूली–३ ‘ए’ को सुरुङभित्र फसेकासँग दोहोरो संवाद, जीवितै रहेको पुष्टि


  • धनकुटा खबर
  • .

नुवाकोट । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारमा महत्वपूर्ण प्रगति भएको छ। उद्धारमा खटिएको टोली र सुरुङभित्र रहेका व्यक्तिबीच दोहोरो संवाद भएको पुष्टि भएको हो।

पछिल्लो जानकारीअनुसार सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको छ। उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिहरूलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भन्दै ढाडस दिँदा भित्रबाट ‘हुन्छ’ भन्ने स्पष्ट प्रतिक्रिया आएको उद्धार टोलीले जनाएको छ।

भित्रबाट आएको प्रतिक्रियाले सुरुङमा फसेका व्यक्तिहरू जीवित र सचेत अवस्थामा रहेको पुष्टि भएको छ। यसले उद्धारमा खटिएको टोलीमा थप उत्साह र आशा जगाएको छ।

सांसद श्रीराम न्यौपानेका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको टोली अत्यन्त सावधानीपूर्वक उद्धार कार्यलाई तीव्र बनाउँदै अघि बढिरहेको छ।

उद्धार कार्यका लागि घटनास्थलमा थप प्राविधिक जनशक्ति तथा आवश्यक उपकरण परिचालन गरिएको छ। सुरुङको जटिल संरचना र भित्र रहेको अवरोधका कारण उद्धार चुनौतीपूर्ण भए पनि सुरक्षाकर्मीहरूले फसेका व्यक्तिहरूलाई सकुशल बाहिर निकाल्न निरन्तर प्रयास गरिरहेका छन्।

सुरुङभित्रबाट आएको आवाज र संवादले उद्धार कार्यमा महत्वपूर्ण सफलता नजिकिएको संकेत गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖