नुवाकोट । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक जनाको जीवितै उद्धार गरिएको छ।
उद्धार टोलीले सुरुङभित्रबाट सञ्जय साहलाई जीवितै बाहिर निकालेको हो। सुरुङभित्र अझै अन्य व्यक्तिहरू रहेको जानकारी प्राप्त भएको छ।
अन्य फसेकाहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ। उद्धार टोलीले सुरुङभित्र रहेका सबैलाई सकुशल बाहिर निकाल्न प्रयास गरिरहेको छ।
