• Monday 5th of October 2026

१० दिनपछि त्रिशूली–३ ‘ए’ बाट उद्धार गरिएका २ जनालाई काठमाडौँ पठाइयो


  • धनकुटा खबर
  • .

नुवाकोट। १० दिनपछि त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका २ जनालाई हेलिकप्टर मार्फत काठमाडौँ पठाएको छ ।

३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनको आज उद्धार भएको थियो । शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत रहेका थिए ।

नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले उनीहरुको उद्धार गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖