• Monday 5th of October 2026

मलेसियामा ड्युटीकै क्रममा इटहरीका एक ब्यक्तिको मृत्यु


  • धनकुटा खबर
  • .

इटहरी । सुनसरीको इटहरी घर भएका एक नेपालीको मलेसियामा ड्युटीकै क्रममा मृत्यु भएको खबर आएको छ।

प्राप्त प्रारम्भिक जानकारीअनुसार मलेसियामा कार्यरत ती नेपालीको बिहान करिब ६ बजे ड्युटीकै क्रममा निधन भएको हो। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

मृतकको कम्पनीको नाम, उमेर तथा पूरा परिचय भने खुल्न बाँकी रहे पनि उहाँको घर इटहरी भएको पुष्टि भएको बताइएको छ।

परिवारको सुख, सन्तानको उज्ज्वल भविष्य र घरको ऋण तिर्ने सपना बोकेर रोजगारीका लागि परदेश पुगेका एक नेपालीको मलेसियाको भूमिमा ज्यान गएको खबरले परिवारमा गहिरो शोक छाएको छ।

घटनाको कारण तथा मृतकको थप विवरणबारे सम्बन्धित निकायबाट आधिकारिक जानकारी आउन बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖