• Monday 5th of October 2026

ईभी हायसमा बेहोस भएका यात्रुको उपचारका क्रममा मृत्यु


  • धनकुटा खबर
  • .

हेटौँडा । हेटौँडाबाट काठमाडौं जाँदै गरेको ईभी हायसमा बेहोस भएका एक यात्रुको उपचारका क्रममा मृत्यु भएको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीमा आज बिहान करिब ९ः३० बजे हायसमा यात्रा गरिरहेका बारा सिम्रौनगढ नगरपालिका–११ का १९ वर्षीय प्रदीप पटेल अचानक बेहोस भएका थिए।

म.प्र.०३–००१ ज ०७७५ नम्बरको हायसमा सवार पटेललाई तत्काल उद्धार गरी सिस्नेरी स्वास्थ्य चौकी पुर्‍याइएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

काठमाडौंस्थित बयोधा अस्पताल, बल्खुमा उपचारका क्रममा बिहान करिब ११ बजे पटेलको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖