हुम्ला । ताँजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
गत भदौ ७ गते राति करिब १ बजे ताँजाकोट गाउँपालिका–३ टाकुरेस्थित गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो।
घटनापछि प्रहरीले थालेको अनुसन्धानका क्रममा आगलागीमा संलग्न रहेको आरोपमा ताँजाकोट गाउँपालिका–४ गल्लाबाडाका करिब ४७ वर्षीय कृष्णचन्द्र जैसी र सोही गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ४५ वर्षीय धनराज ढकाललाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार घटनामा उनीहरूको संलग्नता रहेको खुलेपछि दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
