• Sunday 4th of October 2026

सरकारविरुद्ध आवाज उठाएको भन्दै जेनजी आन्दोलनका घाइते पवन खड्का पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारको कामप्रति विरोध जनाउँदै आवाज उठाएपछि जेनजी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा गृहमन्त्रीसहित मन्त्रीहरू सहभागी कार्यक्रममा खड्काले विरोध जनाएपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका हुन्।

सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूका लागि प्रभावकारी काम नगरेको भन्दै खड्काले कार्यक्रममा आवाज उठाएका थिए। आफूलाई बोल्न दिनुपर्ने माग गर्दै विरोध जनाएपछि उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको बताइएको छ।

खड्का जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन्। आन्दोलनका घाइते तथा प्रभावितका सवालमा सरकारले प्रभावकारी काम नगरेको भन्दै उनले पटक–पटक आवाज उठाउँदै आएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖