काठमाडौं । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गास्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ।
नेपाली सेनाको टोलीले ड्रोन प्रयोग गरी खोज तथा उद्धार गर्ने क्रममा टनेलभित्र एक जनाको शव फेला पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
बाढीपहिरोका कारण प्रभावित उक्त क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।
फेला परेको शवको पहिचान तथा थप विवरण खुल्न बाँकी छ।
