• Sunday 4th of October 2026

गोसाइँकुण्ड तीर्थयात्राका क्रममा मुक्तिनाथ विकास बैंककी कर्मचारी र छोरीको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । धार्मिक स्थल गोसाइँकुण्डको तीर्थयात्राका क्रममा मुक्तिनाथ विकास बैंकमा कार्यरत बिजेता अवाले र उनकी छोरीको मृत्यु भएको छ ।

मुक्तिनाथ विकास बैंकको नयाँ बानेश्वर शाखामा कार्यरत अवालेको गोसाइँकुण्ड तीर्थयात्राका क्रममा मृत्यु भएको बैंकले जनाएको छ । घटनामा उनकी छोरीको समेत मृत्यु भएको बैंकले उल्लेख गरेको छ ।

घटनाको थप विवरण तथा मृत्युको कारणबारे विस्तृत जानकारी आउन बाँकी रहेको छ ।

बैंकले अवाले र उनकी छोरीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖