• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

आजको राशिफल: वि.सं. २०८३ भदौ २५ गते बिहीबार


  • धनकुटा खबर
  • .

आजको राशिफल: वि.सं. २०८३ भदौ २५ गते बिहीबार, ई.सं. २०२६ सेप्टेम्बर १०, ऋतु: वर्षा, अयन: दक्षिणायन, नेपाल संवत् ११४६, भाद्र कृष्ण पक्ष, चतुर्दशी तिथि, नक्षत्र: मघा, चन्द्रमा सिंह राशिमा, सूर्य सिंह राशिमा, योग: सिद्ध, करण: शकुनि। आज नेपालमा सूर्योदय बिहान ५:४७ बजे र सूर्यास्त साँझ ६:१३ बजे हुनेछ।

 

आज दर्शश्राद्ध तथा निशी बार्ने दिन रहेको छ। साथै आज विश्व आत्महत्या रोकथाम दिवस पनि हो। जीवनप्रति आशा जगाउने, दुःखमा रहेका व्यक्तिहरूसँग आत्मीयतापूर्वक कुरा गर्ने र आवश्यक पर्दा सहयोग तथा साथ दिन प्रेरित गर्ने दिनका रूपमा यस दिवसलाई लिन सकिन्छ। आज भगवान् शिवको स्मरण, ध्यान तथा साधना गर्नुका साथै पितृहरूको सम्झना गरी श्रद्धापूर्वक तर्पण तथा श्राद्ध कर्म गर्नाले शुभ फल प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कामको योजना बन्नेछ। रोकिएका कामलाई अगाडि बढाउने अवसर प्राप्त होला। आर्थिक पक्षमा सुधार आउने सम्भावना छ। आफन्त तथा साथीभाइबाट सहयोग प्राप्त हुनेछ। आज बिहान सूर्यदेवलाई जल अर्पण गरी दिनको शुभारम्भ गर्नुहोला। (शुभ रङ्ग: रातो, शुभ अङ्क: ६)

 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार-व्यवसायमा लाभ मिल्ने योग छ। महत्त्वपूर्ण व्यक्तिसँगको भेटघाटले नयाँ अवसर दिलाउन सक्छ। बोलीको प्रभावले काम बन्नेछन्। पारिवारिक वातावरण सुखद रहनेछ। आज असहाय व्यक्तिलाई भोजन गराउनुहोला, शुभ फल प्राप्त हुनेछ। (शुभ रङ्ग: हल्का सेतो, शुभ अङ्क: ४)

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज मनमा केही चञ्चलता रहनेछ। नयाँ विचारहरू आउनेछन् र तिनलाई व्यवहारमा उतार्ने अवसर मिल्नेछ। अध्ययन तथा बौद्धिक कार्यमा प्रगति हुनेछ। अनावश्यक खर्च भने नियन्त्रण गर्नुहोला। आज गणेशजीको स्मरण गरेर दिनको सुरुवात गर्नुहोला। (शुभ रङ्ग: हरियो, शुभ अङ्क: ८)

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरपरिवारको साथ र सहयोग प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा नयाँ सम्भावना देखिनेछ। पुराना चिन्ताहरू कम हुँदै जानेछन्। नयाँ वस्तु खरिद गर्ने अवसर पनि प्राप्त होला। आज साँझ चन्द्रमालाई शुद्ध जल अर्पण गर्नुहोला, शुभ हुनेछ। (शुभ रङ्ग: नीलो, शुभ अङ्क: २)

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आत्मविश्वास बढ्नेछ। मान-सम्मान तथा प्रतिष्ठामा वृद्धि हुने योग छ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। सिर्जनात्मक काममा सफलता मिल्नेछ। महत्त्वपूर्ण व्यक्तिबाट प्रशंसा प्राप्त होला। आज बुबाको आशीर्वाद लिएर दिनको शुभारम्भ गर्नुहोला। (शुभ रङ्ग: सुन्तला, शुभ अङ्क: ९)

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला। व्यापारमा सामान्य लाभ भए पनि जागिरमा कामको चाप बढ्न सक्छ। यात्रामा सामान्य असुविधा आउन सक्छ। आफ्नो व्यक्तिगत सरसफाइ तथा स्वास्थ्यमा ध्यान दिनुहोला। आज हरियो मुङ दान गर्नुहोला, शुभ हुनेछ। (शुभ रङ्ग: हल्का हरियो, शुभ अङ्क: ५)

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक सम्बन्ध विस्तार हुनेछ। साथीभाइ तथा सहकर्मीबाट सहयोग प्राप्त होला। प्रेम तथा दाम्पत्य सम्बन्धमा आत्मीयता बढ्नेछ। आर्थिक लाभका नयाँ अवसर प्राप्त हुन सक्छन्। आज सुगन्धित वस्तुको प्रयोग गर्नुहोला, शुभ रहनेछ। (शुभ रङ्ग: गुलाबी, शुभ अङ्क: ७)

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पराक्रम बढ्नेछ। आफूले आँटेका कामहरू क्रमशः पूरा हुँदै जानेछन्। सञ्चार तथा सम्पर्कको माध्यमबाट महत्त्वपूर्ण सूचना प्राप्त होला। पारिवारिक सुख प्राप्त हुनेछ। आज हनुमानजीको स्मरण गरी दिनको शुभारम्भ गर्नुहोला, शुभ फल प्राप्त हुनेछ। (शुभ रङ्ग: बैजनी, शुभ अङ्क: ३)

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) काममा केही ढिलाइ हुन सक्छ। पारिवारिक जिम्मेवारी बढ्नेछ। मनमा अनावश्यक चिन्ता नलिनुहोला। व्यापार तथा नोकरीको अवस्था सामान्य रहनेछ। आज पहेंलो फलफूल दान गर्नुहोला, शुभ फल प्राप्त हुनेछ। (शुभ रङ्ग: पहेंलो, शुभ अङ्क: १)

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) धन वृद्धि हुने योग छ। मेहनतबाट प्राप्त हुने आम्दानी बढ्नेछ। सामाजिक क्षेत्रमा तपाईंको प्रभाव बढ्दै जानेछ। पारिवारिक सदस्यबाट महत्त्वपूर्ण सहयोग प्राप्त होला। आज श्रमजीवी व्यक्तिलाई भोजन गराउनुहोला, शुभ फल प्राप्त हुनेछ। (शुभ रङ्ग: नीलो, शुभ अङ्क: ११)

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) बौद्धिक तथा सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ। नयाँ कुरा सिक्ने अवसर प्राप्त होला। पारिवारिक चिन्ता केही बढ्न सक्छ। मनलाई शान्त राखेर काम गर्नुहोला। आज कालो तिल दान गर्नुहोला, शुभ फल प्राप्त हुनेछ। (शुभ रङ्ग: फुस्रो, शुभ अङ्क: २)

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आजको दिन सकारात्मक रहनेछ। आर्थिक पक्षमा सुधार आउने योग छ। प्रेम तथा पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ। सामाजिक कार्यमा सहभागी हुने अवसर प्राप्त होला। आज भगवान् विष्णुको ध्यान गरी दिनको शुभारम्भ गर्नुहोला, शुभ फल प्राप्त हुनेछ। (शुभ रङ्ग: हल्का पहेंलो, शुभ अङ्क: ९)

 

डा. खेमराज मिश्र, पीएचडी (उहाँ फलित ज्योतिषविद् तथा ज्योतिष अनुसन्धानकर्ता, नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपमहासचिवकाे जिम्मेवारीमा पनि हुनुहुन्छ, सम्पर्कः ९७६७-६७८३८३ बुद्दनगर, काठमाडाैं )

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖