• Sunday 4th of October 2026

सुन-चाँदीको मूल्यमा ठूलो वृद्धि


  • धनकुटा खबर
  • .

काठमाडौं २५ भदौ । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको छ।

यसअघि बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १०५ रुपैयाँले बढेर ४ हजार ८ सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖