• Sunday 4th of October 2026

ईभी कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु


  • धनकुटा खबर
  • .

चितवन । चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोक नजिकै ईभी कारमा आगलागी हुँदा कारभित्र रहेका एक जनाको जलेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको हो।

आगलागीपछि कारभित्र रहेका व्यक्ति बाहिर निस्कन नसकेको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जनाको शव जलेको अवस्थामा फेला परेको हो। मृतकको पहिचान खुल्न सकेको छैन।

दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि कार पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। मृतकको पहिचान खुलाउने प्रयाससमेत भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖