चितवन । भरतपुरमा कारमा आगलागी हुँदा मृत्यु भएका व्यक्ति नारायणी विद्या मन्दिर शिवघाटका पूर्व सञ्चालक अमर पराजुली रहेको खुलेको छ।
मृतकका आफन्तका अनुसार पराजुली आज बिहान कार लिएर हेटौंडाबाट भरतपुरका लागि निस्किएका थिए।
भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै पुग्दा कारमा आगलागी भएको थियो।
आगलागीमा पराजुलीको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
