• Sunday 4th of October 2026

करेन्ट लागेर शिक्षिकाको मृत्यु


  • धनकुटा खबर
  • .

धनगढी । कञ्चनपुरमा करेन्ट लागेर एक शिक्षिकाको मृत्यु भएको छ।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका–४ बसपार्ककी २८ वर्षीया सन्तोशी अधिकारी बस्नेतको करेन्ट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिहीबार दिउँसो करिब साढे ३ बजेतिर भाँडा धोइरहेका बेला बस्नेतलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।

बस्नेतको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

मृतक बस्नेत शिक्षण पेसामा समेत आबद्ध थिइन्। उनी महेन्द्रनगरमै अध्यापन गराउँदै आएकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖