• Sunday 4th of October 2026

खोल्सामा लुकाइछिपाई राखेका चार नाल भरुवा बन्दुक बरामद


  • धनकुटा खबर
  • .

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–३ चौदेलाखोल्सा उपल्लो घाँगु काईयाबाट लुकाइछिपाई राखेको अवस्थामा चार नाल भरुवा बन्दुक बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय लुङ्बहाने, प्यूठानबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा सार्वजनिक स्थानमा बेवारिसे अवस्थामा रहेका चार नाल भरुवा बन्दुक फेला पारेको हो।

प्रहरीका अनुसार बरामद भएका चारवटै भरुवा बन्दुक साबुत अवस्थामा रहेका छन्। बन्दुक कसले र के प्रयोजनका लागि उक्त स्थानमा लुकाइछिपाई राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖