• Sunday 4th of October 2026

सामाजिक सञ्जालमा युवतीका कामुक भिडियो पोस्ट गर्ने युवक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । सामाजिक सञ्जालमा युवतीका आपत्तिजनक भिडियो तथा तस्बिर सार्वजनिक गर्दै प्रचार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाँचथर फिदिम–३ घर भई काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा रहेका छन्।

प्रहरीका अनुसार खोजी भइरहेको सूचना पाएपछि हुलिया परिवर्तन गरी भागिरहेका लामालाई नियन्त्रणमा लिइएको हो।

उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर भद्रकालीबाट पाँच दिनको म्याद थप गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖