• Sunday 4th of October 2026

फ्रिज विस्फोट हुँदा एकै परिवारका चार जनाको मृत्यु, दुई गम्भीर घाइते


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतको कर्नाटकस्थित बेलागावीमा फ्रिज विस्फोटपछि घरमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

घटना मंगलबार बिहान बजार प्रहरी चौकी क्षेत्रको चावत गल्लीमा भएको हो। मृत्यु हुनेमा भारती धामोने (५०), शारदा धामोने (४५), गंगा धामोने (२५) र प्रिया धामोने (२४) रहेका छन्।

घटनामा ६५ वर्षीय गजानन धामोने र २१ वर्षीय रोशन धामोने गम्भीर घाइते भएका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार फ्रिज विस्फोटपछि घरमा आगो लागेको र आगो तीव्र रूपमा फैलिएपछि घरभित्र रहेका परिवारका सदस्यहरू फसेका थिए। स्थानीयले गजानन र रोशनलाई उद्धार गरेका थिए।

परिवार गणेश चतुर्थीको तयारीमा रहेको र खाना खाएपछि फ्रिजनजिकै सुतेका बेला घटना भएको बताइएको छ। विस्फोटको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖