• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

विमान दुर्घटना


  • धनकुटा खबर
  • .

बर्लिन । पश्चिमी जर्मनीमा डच सीमा नजिकै विमान दुर्घटना हुँदा तीन जना डच नागरिकको मृत्यु भएको छ।

डच विदेश मन्त्रालयका अनुसार मृत्यु हुनेमा ५७ र ५८ वर्षका दुई पुरुष तथा २३ वर्षीया एक महिला रहेका छन्।

नेदरल्यान्ड्सको हिलभर्समबाट उडेको विमान जर्मनीको उत्तरी राइन–वेस्टफालिया राज्यस्थित गर्डेरथ नजिकै राडारको सम्पर्कबाट विच्छेद भएको केही समयपछि दुर्घटनाग्रस्त भएको हो। विमान स्थानीय समयअनुसार बिहान ११ः१८ बजे दुर्घटनामा परेको जनाइएको छ।

दुर्घटनाको कारण खुलेको छैन। प्रारम्भिक अनुसन्धानका लागि डच सुरक्षा बोर्डका दुई उड्डयन अनुसन्धानकर्ता जर्मनी पुगेका छन्। दुर्घटनाको कारण पत्ता नलागेसम्म सम्बन्धित एयरफिल्डबाट सबै उडान तत्काल स्थगित गरिएको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖