• Sunday 4th of October 2026

यसपाली पनि दशैँमा नयाँ नोट नपाइने, सुकिलाले काम चलाउनुपर्ने !


  • धनकुटा खबर
  • .

काठमाडौँ । यसपालिको दशैँमा पनि नयाँ नोट वितरण नहुने भएको छ ।

विगत दुई वर्षदेखि दशैँमा नयाँ नोट वितरण नगर्दै आएको नेपाल राष्ट्र बैंकले यस वर्ष पनि नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्ने तयारी गरेको हो ।

बजारमा पर्याप्त मात्रामा सुकिला नोट उपलब्ध रहेकाले नयाँ नोट वितरण गर्नुपर्ने अवस्था नरहेको राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन् । यद्यपि, यस वर्षको दशैँमा नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्ने विषयमा राष्ट्र बैंकले औपचारिक निर्णय भने गरिसकेको छैन ।

दशैँमा टीका, अबिर तथा तेलजन्य पदार्थको प्रयोग हुने भएकाले नोट छिट्टै फोहोर तथा बिग्रने र त्यसले नोटको आयु घटाउने भएकाले पनि सुकिला नोट प्रयोगमा जोड दिने तयारी गरिएको अधिकारीहरूको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖