हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ लेवटस्थित पूर्व–पश्चिम लोकमार्गमा यात्रुवाहक बसमा ढुंगा प्रहार गरी यात्रुसमेत घाइते बनाएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
बुधबार बिहान करिब १ः३० बजे बसमा ढुंगा प्रहार भएको घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा हेटौंडा–३ लेवट निवासी २७ वर्षीय किरण बि.क., ३० वर्षीय अंकित राई, ३९ वर्षीय सुग्रिव मुक्तान, २९ वर्षीय विजय थिङ लामा र २९ वर्षीय उदाश तामाङ रहेका छन्।
पक्राउ परेकाहरूमाथि आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ।
