• Sunday 4th of October 2026

मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा चार जना घाइते


  • धनकुटा खबर
  • .

पोखरा । कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटन गोलचौतारामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीन पैदलयात्रीसहित चार जना घाइते भएका छन्।

बिहीबार बिहान करिब ९ः३० बजे ग १४ प ७०२३ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका व्यक्तिहरूलाई ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकल चालकसहित चार जना घाइते भएका छन्।

घाइते हुनेमा बाजुराको खप्तड गाउँपालिका–७ घर भई हाल पोखरा–५ मालेपाटन बस्दै आएकी ३१ वर्षीया बिस्ना ओली, उनका ७ वर्षीय छोरा मिसन ओली र ३ वर्षीय रिसव ओली रहेका छन्।

त्यस्तै, मोटरसाइकल चालक पोखरा–५ मालेपाटन गणतन्त्र चोक बस्ने १६ वर्षीय सुमित केसी पनि घाइते भएका छन्।

घाइते चारै जनाको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖