• Sunday 4th of October 2026

११ महिनादेखि बेपत्ता धादिङकी महिलाको भारतको मुजफ्फरपुरबाट उद्धार


  • धनकुटा खबर
  • .

वीरगन्ज । भारतको बिहारस्थित मुजफ्फरपुरमा ११ महिनादेखि अलपत्र रहेकी एक नेपाली महिलाको सकुशल उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको समन्वय तथा मानवसेवा आश्रम वीरगन्जको पहलमा धादिङको थानबेसी गाउँपालिकाकी ३६ वर्षीया सानुमाया तामाङको उद्धार गरिएको हो ।

भारतीय प्रहरीले उनलाई गत साता मुजफ्फरपुरमा अलपत्र अवस्थामा फेला पारी शान्ति कुटीर आश्रममा राखेको थियो । त्यसपछि पर्सा प्रहरी र मानवसेवा आश्रमको टोलीले समन्वय गरी गत शनिबार उनलाई उद्धार गरेर वीरगन्ज ल्याएको हो ।

पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार परिवारसँग सम्पर्क गरी तामाङलाई उनका बुवा गुणासिंह तामाङको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖