• Sunday 4th of October 2026

ट्याङ्करको ठक्करबाट मोटरसाइकल सवार महिलाको मृत्यु, श्रीमान् घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ असोज । काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्।

शुक्रबार काठमाडौंबाट जडीबुटी हुँदै भक्तपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्याङ्करले सोही दिशातर्फ गइरहेको बा ९३ प ७६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार दोलखाकी ३९ वर्षीया उर्मिला कार्कीको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक एवं मृतकका श्रीमान् काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–४ का देवराज कँडेल घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि प्रहरीले ट्याङ्कर चालक र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖