• Sunday 4th of October 2026

पाँच वर्षपछि हत्या आरोपमा एमाले नेताका छोरा पक्राउ


  • धनकुटा खबर
  • .

रौतहट, ३ असोज । पर्सा प्रहरीले नेकपा एमालेका नेता तथा जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका ४६ वर्षीय छोरा नासिर अहमदलाई हत्या आरोपमा पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार नासिरलाई ज्यानसम्बन्धी कसुर र सार्वजनिक न्यायविरुद्धको कसुरमा पक्राउ गरिएको हो।

प्रहरीले उनलाई शुक्रबार साँझ वीरगन्ज महानगरपालिका–१३ मुर्लीबाट नियन्त्रणमा लिएको जनाएको छ। नासिरमाथि नातामा साली पर्ने एक महिलाको हत्या गरेको आरोप छ।

प्रहरीका अनुसार २०७८ सालमा एक महिलाको शव श्मशान घाटमा दफन गर्ने क्रममा पनि नासिरलाई नियन्त्रणमा लिइएको थियो। त्यसपछि घटनाबारे अनुसन्धान अघि बढाउँदै आएको प्रहरीले करिब पाँच वर्षपछि उनलाई पुनः पक्राउ गरेको हो।

उक्त घटनामा यसअघि पहुँचका आधारमा अनुसन्धान र कानुनी प्रक्रिया अघि नबढाइएको आरोपसमेत लागेको थियो। प्रहरीले अहिले पुनः अनुसन्धान अगाडि बढाएपछि घटनामा संलग्न रहेको भनिएका अन्य आरोपितहरू भने फरार रहेको जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖