• Sunday 4th of October 2026

गुडिरहेको ईभी हाइसमा आगलागी


  • धनकुटा खबर
  • .

काठमाडौं । बर्दियामा गुडिरहेको विद्युतीय सवारी साधन (ईभी) हाइसमा अचानक आगलागी भएको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन।

आइतबार बिहान करिब ६ः५० बजे बारबर्दिया नगरपालिका–७ रम्मापुरस्थित ५ नम्बर चोक नजिक महेन्द्र राजमार्गमा कोहलपुरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको सु.प.प्र ०१–००२ ज ४३३ नम्बरको फोटोन ईभी हाइसमा आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी रेशम बोहराका अनुसार गाडी गुडिरहेको अवस्थामा अचानक आगो लागेको थियो। गाडीमा चालक र सहचालक मात्र रहेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ।

गाडी कैलालीको धनगढी उपमहानगरपालिका–३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए।

आगलागीबाट सवारीका कागजात र नगद ४२ हजार रुपैयाँ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

प्रहरी टोली र ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा बिहान ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको डीएसपी बोहराले जानकारी दिए।

आगलागीका कारण महेन्द्र राजमार्गमा सवारी आवागमनमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖