• Sunday 4th of October 2026

घट्यो सुनको मूल्य,कतिमा हुंदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौ । दुई दिनमा ५ हजार ७ सय बढेको सुनको भाउ आज घटेको छ।

सुनको भाउ आज तोलामा १ हजार ३ सय रुपैयाँ घटेर ३ लाख ३ हजार ९ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको शुक्रबार तोलामा ३ हजार ६ सय रुपैयाँ बढेको सुनको भाउ आइतबार तोलामा २ हजार १ सय रुपैयाँ बढेर ३ लाख ५ हजार २ सय पुगेको थियो।

त्यसअघि बिहीबार तोलामा २ हजार ३ सय घटेको सुनको भाउ शुक्रबार र आइतबार लगातार बढेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेर ४ हजार ८ सय ५ रुपैयाँ पुगेको छ।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖