• Sunday 4th of October 2026

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु , दुई जना घाइते


  • धनकुटा खबर
  • .

दैलेख । दुल्लु नगरपालिका–२ सेतीपानीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मंगलबार दिउँसो १२:१० बजे पानसैनाबाट दुल्लुतर्फ आउँदै गरेको सु प्र–०२–००१ ह १६५७ नम्बरको अटो सेतीपानीस्थित भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो। अटोमा चालकसहित तीन जना सवार थिए।

दुर्घटनामा गम्भीर घाइते भएका दुल्लु नगरपालिका–२ का ७४ वर्षीय राम कामीलाई उपचारका लागि दुल्लु अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अटो चालक भैरवी गाउँपालिका–२ का २२ वर्षीय ज्ञानु सुनार र दुल्लु नगरपालिका–२ का ६५ वर्षीय गजबहादुर कामी घाइते भएका छन्।

दुवै घाइतेको दुल्लु अस्पताल, दैलेखमा उपचार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖