• Sunday 4th of October 2026

कैलालीमा युवकमाथि खुँडा प्रहार, आक्रमणकारीको खोजी तीव्र


  • धनकुटा खबर
  • .

धनगढी, ६ असोज। कैलालीको टीकापुरमा एक युवकमाथि धारिलो हतियार (खुँडा) प्रहार भएको छ। टीकापुर नगरपालिका–७ बेलुवास्थित एक होटलमा सोमबार राति घोडाघोडी नगरपालिका–९ का १८ वर्षीय विमल साउदमाथि खुँडा प्रहार भएको हो।

प्रहरीका अनुसार मोटरसाइकलमा आएको अज्ञात समूहले साउदमाथि एक्कासि खुँडा प्रहार गरेको थियो। आक्रमणबाट घाइते भएका साउदको दाहिने हात र खुट्टामा गम्भीर चोट लागेको छ।

प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको र हाल उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको र उनीहरूको तीव्र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाको कारणबारे पनि आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖