• Sunday 4th of October 2026

फरुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ


  • धनकुटा खबर
  • .

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका–५ रेक्चामा फरुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार असोज ६ गते बिहान करिब १०ः२० बजे चौकुने गाउँपालिका–५ रेक्चाका ३२ वर्षीय गोपीराम जैसीले आफ्नै श्रीमती ३० वर्षीया चन्द्रा देवकोटा जैसीलाई घरमै फरुवाले टाउकोमा प्रहार गरेका थिए। गम्भीर घाइते भएकी चन्द्राको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे वडा सदस्य टपेन्द्र बुढा क्षेत्रीले जानकारी गराएपछि प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बुद्धि साउँदको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमाण्डमा SOCO सहितको टोलीसमेत घटनास्थलमा खटिएको थियो।

घटनामा संलग्न भएको आरोपमा गोपीराम जैसीलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖