• Sunday 4th of October 2026

किरियापुत्री बसेकै कोठामा पस्यो गोमन सर्प


  • धनकुटा खबर
  • .

बुटवल । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–१० स्थित एक घरमा किरियापुत्री बसेकै कोठामा गोमन सर्प पसेपछि परिवारमा त्रास फैलिएको छ।

स्थानीय शेषकान्त पौडेलका बुवाको निधनपछि उनका छोराहरू किरियामा बसेका थिए। किरियापुत्री बसेको कोठामै ठूलो गोमन सर्प देखिएपछि परिवारका सदस्यहरू आत्तिएका थिए।

परिवारले सर्पलाई आफैँ समात्ने प्रयास नगरी बर्दघाट नगरपालिकामा कार्यरत सर्प उद्धारकर्मी दुर्गा लामिछानेलाई खबर गरेका थिए। सूचना पाएलगत्तै घटनास्थल पुगेका लामिछानेले सावधानीपूर्वक सर्पलाई नियन्त्रणमा लिएर घरबाहिर सुरक्षित स्थानमा छाडेका छन्।

लामिछानेका अनुसार गर्मी मौसममा नवलपरासी क्षेत्रमा विषालु सर्पको गतिविधि बढ्ने गर्छ। उनले घरभित्र सर्प देखिएमा नआत्तिन र आफैँ समात्ने वा मार्ने प्रयास नगरी तत्काल सर्प उद्धारकर्मीलाई खबर गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖