काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार १ सय रुपैयाँ बढेको हो। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार १७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला ४ हजार ७७५ रुपैयाँ रहेको चाँदी बुधबार ४ हजार ८१५ रुपैयाँ पुगेको छ।
१० ग्राम चाँदीको मूल्य ४ हजार १२८ रुपैयाँ ५० पैसा कायम भएको महासंघले जनाएको छ।
