• Sunday 4th of October 2026

शिक्षक हत्याकाण्डका मुख्य आरोपी इनामी पूर्वप्रमुख चमन पक्राउ


  • धनकुटा खबर
  • .

रौतहट ७ असोज। रौतहट र बारासँग जोडिएको भारतको बिहारस्थित मोतिहारी प्रहरीले शिक्षक शमशाद हत्याकाण्डका मुख्य आरोपी तथा २० हजार भारतीय रुपैयाँका इनामी पूर्वप्रमुख ‘चमन’लाई पक्राउ गरेको छ।

मोतिहारीका प्रहरी प्रमुख एसपी स्वर्ण प्रभातको निर्देशनमा प्रहरीले चलाएको विशेष अभियानअन्तर्गत आरोपीलाई पक्राउ गरिएको हो। सदर डीएसपी दिलीप कुमारको नेतृत्वमा गठित विशेष अनुसन्धान टोली (एसआईटी) ले गोप्य सूचनाका आधारमा नगर थाना क्षेत्रको मधुबन छावनी चोकबाट उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आरोपी चमन उक्त क्षेत्र हुँदै गइरहेको सूचना पाएपछि एसआईटीले तत्काल घेराबन्दी गरी उनलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीसँग घटनाबारे थप सोधपुछ तथा अनुसन्धान भइरहेको छ।

गत १७ सेप्टेम्बरमा विद्यालयबाट घर फर्किने क्रममा शिक्षक शमशादको अपहरण गरिएको थियो। उनलाई कुटपिट गरी सडक किनारमा फालिएको अवस्थामा भेटिएको थियो। उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि आक्रोशित परिवार तथा स्थानीयले सडक अवरुद्ध गर्दै दोषीलाई तत्काल पक्राउ गरी न्याय दिन माग गरेका थिए। त्यसपछि प्रहरीले घटनाका फरार मुख्य आरोपी चमनको पक्राउका लागि २० हजार भारतीय रुपैयाँ पुरस्कार घोषणा गरेको थियो। प्रहरीले फरार आरोपी पक्राउ गर्न सफल भएको जनाएको छ। 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖