• Sunday 4th of October 2026

बजारमा अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति पर्छ ?


  • धनकुटा खबर
  • .

काठमाडौं । बजारमा अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले बुधबारदेखि लागू हुने गरी अण्डाको मूल्य बढाएको हो।

संघका सचिव मदन पोखरेलका अनुसार अण्डाको मूल्य प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म बढाइएको छ। नयाँ मूल्यअनुसार उपभोक्ताले ठूलो अण्डा प्रतिगोटा २५ रुपैयाँ तथा मिडियम अण्डा दुई गोटाको ४५ रुपैयाँ तिर्नुपर्नेछ।

संघले एक्सएल अण्डाको डिपो तथा डिलर मूल्य प्रतिपेटी ४ हजार ३०० रुपैयाँ र ठूलो अण्डाको मूल्य प्रतिपेटी ४ हजार २०० रुपैयाँ तोकेको छ।

त्यस्तै, एक्सएल अण्डाको खुद्रा मूल्य प्रतिक्रेट ६१५ रुपैयाँ पुगेको छ भने मिडियम अण्डाको मूल्य प्रतिक्रेट ६०० रुपैयाँ तोकिएको संघले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖