• Sunday 4th of October 2026

भोला साहलाई रास्वपा नेता भनेर समाचारमा उल्लेख गरिएको प्रति पार्टीको आपत्ति


  • धनकुटा खबर
  • .

काठमाडौं । रौतहट निवासी भोला साहको घरमा अवैध सामान भेटिएको घटनासम्बन्धी समाचारमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेता भनेर उल्लेख गरिएकोप्रति पार्टीले आपत्ति जनाएको छ।

रास्वपा मधेस प्रदेश र रौतहट जिल्ला समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै साह पार्टीको कुनै पनि आधिकारिक पद, कमिटी वा जिम्मेवारीमा नरहेको स्पष्ट पारेका छन्।

पार्टीका अनुसार समर्थक वा शुभेच्छुक हुनु र आधिकारिक नेता वा पदाधिकारी हुनु फरक विषय हो। व्यक्तिगत गतिविधि वा कुनै घटनालाई आधार बनाएर साहलाई रास्वपाको नेता भनेर प्रस्तुत गर्नु तथ्यसंगत नभएको पार्टीले जनाएको छ।

रास्वपाले समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित व्यक्तिको पार्टीगत हैसियत र जिम्मेवारी आधिकारिक स्रोतबाट यकिन गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

तथ्य पुष्टि नगरी ‘रास्वपा नेता’ भनेर समाचार सम्प्रेषण गर्दा आमपाठक तथा दर्शकमा भ्रम सिर्जना हुन सक्ने भन्दै समाचार सम्प्रेषणमा संवेदनशील हुनसमेत पार्टीले आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖