• Sunday 4th of October 2026

घट्यो सुन र चाँदीको मूल्य,कतिमा हुंदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौं, ९ असोज । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ४ हजार ६ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँमा बिक्री-वितरण भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖