• Sunday 4th of October 2026

चोरीको सुन खरिद गरेको आरोपमा मन्थलीका दुई व्यवसायी पक्राउ


  • धनकुटा खबर
  • .

रामेछाप । चोरीको सुन खरिद गरेको आरोपमा प्रहरीले मन्थलीका दुई सुनचाँदी पसल सञ्चालकलाई पक्राउ गरेको छ।

चोरी घटनामा पक्राउ परेकी मैया कार्कीले आफूले चोरी गरेको सुनका गहना ती पसलमा बिक्री गरेको बयान दिएपछि प्रहरीले मन्थली नगरपालिका–१ कटहरबोटबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दीप लक्ष्मी सुनचाँदी पसलका ३३ वर्षीय सञ्चालक डिलबहादुर रसाईली र सुविना सुनचाँदी पसल सञ्चालक २८ वर्षीया कनिषा विश्वकर्मा रहेका छन्।

प्रहरीले डिलबहादुरको पसलबाट पीडितको कानबाट निकालिएको ४२ लाल २ प्वाइन्ट तौलका दुई थान सुनका रिङसमेत बरामद गरेको छ। दुवै जनालाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖