• Sunday 4th of October 2026

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन स्वदेश फर्किए


  • धनकुटा खबर
  • .

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह शनिबार स्वदेश फर्किएका छन्।

गत मंगलबार अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री शाहले शुक्रबार महासभालाई सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका थिए।

नेपालको कुल हरितगृह ग्यास उत्सर्जनमा योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लिने, बाढी तथा अन्य विपद्बाट ठूलो जनधनको क्षति भइरहेको शाहले उल्लेख गरेका थिए।

उनले जलवायु न्यायलाई व्यवहारमा कार्यान्वयन गर्न तथा विपद् व्यवस्थापनमा राहत र पुनःस्थापनासँगै जिम्मेवारी, क्षतिपूर्ति र लचिलोपनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

प्रधानमन्त्री शाहले नेपाल, भारत र चीनसहितको ‘हिमालय जलवायु लचिलोपन संयन्त्र’ स्थापना गर्न प्रस्तावसमेत गरेका थिए। हिमालयलाई कुनै एक देशको सीमाभित्र सीमित नभई विश्वको जीवन रक्षा प्रणालीका रूपमा हेर्नुपर्ने उनको भनाइ थियो।

अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग द्विपक्षीय भेटवार्तासमेत गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖